पीएम कप महिला क्रिकेट : एपीएफले सुदूर पश्चिम प्रदेशलाई १० विकेटले हरायो

 असार ५, २०७६ बिहिबार २०:२५:३६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको चौथो खेलमा सुदूर पश्चिम प्रदेशलाई हराउँदै एपीएफले हासिल गरेको छ ।

महेन्द्रनगरमा जारी क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सुदूर पश्चिम प्रदेशले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको थियो । 

सुदूर पश्चिमका लागि कविता जोशीले सर्वाधिक २४ र रेवती धामीले २० रन जोडेकी थिइन् । ९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १० दशमलव २ ओभरमा नटआउट हुँदै लक्ष्य हात पारेको हो । 

एपीएफका लागि सीता राना मगरले ५१ रन र ज्योति पाण्डेले २८ रन जोडिन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा प्रदेश ५ र गण्डकी प्रदेश तथा प्रदेश १ र प्रदेश २ बीच प्रतिस्पर्धा हुँदैछ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया