अचम्मकाे क्रिकेट : ३० जना फिल्डर, विवाद भए लडेर निर्णय

 असार ६, २०७६ शुक्रबार १३:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करण इंग्ल्याण्ड र वेल्समा जारी छ । विश्वकपको माहोल तातिरहेकाे बेला आईसीसीलाई पनि क्रिकेटलाई अर्कै तरिकाले पनि खेल्न सकिन्छ भनेर थाहा नहुन सक्छ ।

वेस्टइण्डिजको पपुवा न्यूगिनीमा ट्रोब्रियाण्ड आइल्याण्ड छ । यो आदिवासीको आइल्याण्ड पनि हो । यहाँको जनसंख्या जम्मा एक हजार मात्रै छ । तर यो आइल्याण्डको मनोरञ्जनात्मक खेल भनेकै क्रिकेट हो ।

१२९ वर्षदेखि आदिवासीहरु क्रिकेट खेललाई मनोरञ्जनको रुपमा खेल्दै आएका छन् । यहाँको क्रिकेटलाई ‘गली’ क्रिकेटको रुपमा पनि लिन सकिन्छ । तर यसको अर्थ यहाँ बेग्लै छ । उनीहरुलाई यो क्रिकेट विश्वस्तरमा अर्कै फर्म्याटमा खेलिन्छ भनेर थाहा छैन ।

आदिवासीहरु हिंस्रक र आक्रामक छैनन् । क्रिकेटको विश्वकप इंग्ल्याण्डमा भैरहेका बेला त्यहाँको टूर अपरेटर्सले क्रिकेटको माहोल बढाउन भन्दै पहिलो पटक यो आइल्याण्डको भ्रमण गरेका छन् । क्रिकेटका समर्थकहरु कहाँ-कहाँ छन् र कसरी क्रिकेट खेल्छन् भन्ने बारेमा थाहा पाउने उद्देश्यका साथ उनीहरुले भ्रमण गरेका थिए । 

त्यहाँका आदिवासीहरु हिंस्रक नभएकाले पनि पहिलो पटक विदेशीहरु पुग्दा कुनै पनि अप्रिय घटना भएन । आदिवासीहरुले उनीहरुसँग आफ्नो रीतिरिवाज र रहनसहनबारे खुलेर कुरा गरे । इंग्ल्याण्डबाट पुगेका भ्रमण टोलीले आदिवासीहरुमा क्रिकेट प्रेम देखेपछि बल सहयोग गरेर फर्किएका थिए । तर आदिवासीहरुले अहिले विश्वस्तरमा चलेको ब्याट भने लिन मान्दैनन् । कारण हो, यो ब्याटले खेल्दा रमाइलो हुँदैन ।

क्रिकेटमा विवाद भए लडेर अन्तिम निर्णय

क्रिकेटलाई अनुशासित खेल मानिन्छ, जसमा अम्पाएरको निर्णय अन्तिम हुन्छ । तर यो आइल्याण्डमा क्रिकेटको नियम पनि आफ्नै छ ।

उनीहरुले बाँसबाट स्टम्प बनाउँछन् । बलको जुगाड पनि उनीहरुले आसपासका गाउँबाट गर्ने गरेका छन् । क्रिकेट खेल्दा ब्याट भने बेसबलको जस्तो हुन्छ । उनीहरुको ब्याटिङ स्टाइल पनि बेस बलको जस्तै छ । बल जतिसक्यो त्यति तीव्र गतिमा फाल्ने गर्छन् । एक पटकमा एक जना ब्याट्सम्यानले मात्रै ब्याटिङ गर्छन् ।

जम्मा ११ जना खेलाडी मात्रै खेल्ने भएकाले यो खेल बोरिङ पनि हुन सक्छ भनेर नै ११ जनाको साटो ३० जना फिल्डर हुन्छन् । समुद्रको किनारमा हुने याे खेलको नियम भनेको नरिवलको ठूलो रुखलाई पार गराउनु पर्छ । यस्तो गरेमा ६ रन आउँछ । खेल्दा सबैले एकै खालको लुगा लगाउनु पर्ने नियम पनि छ ।

खेल्दा खेल्दै विवाद भयो भने विवाद समाधान गर्ने अर्को गज्बजको कुरा भनेको आपसमा लडाइँ गर्नु हो । जसले लडाइँ जित्यो, उसैले म्याच पनि जित्छ । यो आइल्याण्डमा सन् १८९० मा केही अंग्रेजहरु पुगेर आदिवासीलाई क्रिकेट सिकाएका थिए ।  


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया