वेष्ट इण्डिजका पूर्व कप्तान ब्रायन लारा अस्पताल भर्ना

 असार १०, २०७६ मंगलबार १९:२३:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

वेष्ट इण्डिज क्रिकेट टिमका पूर्व कप्तान ब्रायन लारालाई अस्पताल भर्ना गरिएको छ । वेष्ट इण्डिज क्रिकेट टिमका अनुसार अचानक छाती दुखेपछि लारालाई मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको हो । 

५० वर्षीय लारा विश्वकप क्रिकेटको कमेन्ट्रीका लागि भारतमा रहेका थिए । सन् १९९० देखि २००७ सम्म वेष्ट इण्डिज टिममा रहेका लाराले १३१ ओटा टेस्ट म्याच र २९९ एकदिवसीय खेल खेलेका छन् ।

१३१ टेस्ट म्याच खेलेका लाराले ३४ शतक र ४८ अर्धशतकसहित ११९५३ रन बनाएका छन् । त्यस्तै २९९ एकदिवसीय खेलमा उनले १९ शतक र ६३ अर्धशतकसहित १०४०५ रन बनाएका छन् ।

 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया