फिफा महिला विश्वकप : आयाेजक फ्रान्सलाई हराउँदै अमेरिका सेमिफाइनलमा

 असार १४, २०७६ शनिबार ७:४०:२८ | एजेन्सी
unn.prixa.net

साविक विजेता अमेरिका फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा आयोजक फ्रान्सलाई २–१ ले हराउँदै अमेरिका सेमिफाइनलमा पुगेको हो ।

अमेरिकाको जितमा दुवै गोल मेगान रापिनाईले गरेकी थिइन् । उनले दुवै हाफमा एक-एक गोल गरिन् । पाँचौं मिनेटमा उनले प्रहार गरेको लो फ्रिकिक खेलाडीको हुल छिचोल्दै गोलमा परिणत भयो । ६५औं मिनेटमा टोबिन हिथलेको पासमा रापिनोईले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा एउटा सट पनि टार्गेटमा हान्न नसकेको फ्रान्सले दोस्रो हाफमा भने विन्डी रोनार्डको हेडर गोलका कारण फ्रान्समा आशा जागेको थियो । तर थप गोल हुन नसक्दा अमेरिका सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा अमेरिकाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया