कोलम्बियालाई हराउँदै चिली काेपा अमेरिका फुटबलकाे सेमिफाइनलमा

 असार १४, २०७६ शनिबार ९:३३:३७ | एजेन्सी
unn.prixa.net

चिली कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले अन्तिम चारमा स्थान बनायो ।

ब्राजिलको साओ पाउलोमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकियो । त्यसपछि भएको पेनाल्टीमा विलियम टेसिल्लोले गरेको प्रहार बाहिरिँदा चिलीका सबै खेलाडीले गोल गरे ।

कोलम्बियाका लागि जेम्स रोद्रिगेज, इडविन कार्डोना, जुवान क्वाद्रादो, यारिस मिनाले गोल गरेका थिए । चिलीका लागि अटुर्रो भिडाल, इडुवार्डो भर्गास, इरिक पुल्गर, चार्ल्स अरांगेज र एलेक्सिस साञ्चेजले गोल गरेका थिए ।

अब चिलीले सेमिफाइनलमा उरुग्वे र पेरुवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया