'व्यापार युद्ध' अन्त्य गर्न अमेरिका-चीन वार्ता गर्न सहमत

 असार १४, २०७६ शनिबार २०:२१:३७ | एजेन्सी
unn.prixa.net

अमेरिकाले चिनियाँ सामान निर्यातमा नयाँ कर नलगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ व्यापार वार्ता अगाडि बढाउन सहमत भएका छन् । 

शनिबार यी दुई नेताबीच जापानको ओसाकामा भेट भएको थियो । जी-२० सम्मेलनको अन्तिम दिन यी दुई नेता आमने सामने भएका हुन् । 

गएको वर्षदेखि सुरु भएको यी दुई बीचको व्यापार युद्धका कारण विश्वभरिको अर्थव्यवस्थाले मुश्किल अवस्थाको सामना गर्नुपरेको थियो । यही कारणले गर्दा पनि यी दुई नेताको भेटलाई महत्वका साथ लिइएको थियो । 

अमेरिका र चीन विश्वकै प्रमुख अर्थव्यवस्था भएका देशहरु हुन् । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको वार्ता ८० मिनेटसम्म चलेको थियो । यी दुई प्रमुखको बैठक सकारात्मक भएको बताइएको छ । 

ट्रम्पले सुरु गरेका थिए व्यापार युद्ध

अमेरिकी राष्ट्रपति ट्रम्पले गएको वर्ष चीनसँग व्यापार युद्धको सुरु गरेका थिए । ट्रम्पले चीनलाई व्यापार घाटा कम गर्न भनेका थिए । ट्रम्पले जोर दिँदै भनेका थिए,  अमेरिकी सामानलाई चिनियाँ बजारमा धेरै स्थान दिनुपर्दछ । ट्रम्पको यो बयानसँगै दुवै देशले एक अर्काको आयातित सामानमा अर्बाैँ डलरको अतिरिक्त शुल्क लगाउन सुरु गरेका थिए । 

व्यापार युद्ध समाप्त गर्नका लागि उच्चस्तरीय अधिकारीहरुको नेतृत्वमा दुवै देशको विशेष टिमले वार्ता गरेका छन् । ओसाकाको भेटसँगै व्यापार युद्धबारे प्रगति हुने देखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया