आईसीसी विश्वकप क्रिकेटः अफगानिस्तानले दियो पाकिस्तानलाई २२८ रनको लक्ष्य

 असार १४, २०७६ शनिबार १९:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटको प्रतियोगिताबाट बाहिरिसकेको अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन संघर्ष गरिरहेको पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायो । अफगानिस्तानका लागि असगर अफगान र नजिबुल्लाह जद्रानले समान ४२/४२ रन बनाएका थिए । यस्तै रहमत साहले ३५ रन जोड्दा इकरम अलि खिलले २४ रनको योगदान गरे । 

पाकिस्तानका लागि शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट लिँदा इमाद वसिम र वहाव रियाजले समान दुई/दुई विकेट हात पारे । जारी प्रतियोगितामा सफल बलरमध्येका एक मोहम्मद आमिर भने अफगानिस्तानविरुद्ध विकेटविहीन बने । 

आजको खेलमा पाकिस्तान विजयी भए पाँचौं स्थानमा उक्लने छ र सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहने छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया