किम र ट्रम्पबीच तेस्रोपटक भेटवार्ता हुने

 असार १५, २०७६ आइतबार ११:३०:४० | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भेटवार्ता हुने भएको छ । ट्रम्प र किमबिच आइतबार दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेडका भेटवार्ता हुने भएको बीबीसीले जनाएको छ । 

जी–ट्वेन्टी सम्मेलन सकेर अमेरिकी राष्ट्रपति ट्रम्प जापानबाट दक्षिण कोरिया गएका हुन् । जापानमै रहेका बेला ट्रम्पले किमसँग भेटका लागि ट्वीटमार्फत आह्वान गरेका गरेका थिए । 

यो भेट ट्रम्प र किमबीचको तेस्रो भेट हुनेछ । यसअघि सिङ्गापुर र भियतनाममा भएका ट्रम्प किम वार्ताबाट उत्तर कोरियाको परमाणु महत्वाकांक्षा शान्त पार्न सकेको छैन । 

ट्रम्प किमबीचको तेस्रो भेटमा पनि शान्तिका लागि प्रयास हुने बताइएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया