विश्वकप क्रिकेट: इंग्ल्याण्डले दियाे भारतलाई ३३८ रनकाे विजय लक्ष्य

 असार १५, २०७६ आइतबार १९:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डले अपराजित रहेको भारतलाई ३३८ रनको लक्ष्य दिएको छ ।

आठौं खेल खेलिरहेको इंग्ल्याण्डले अहिलेसम्म तीन खेलमा पराजित भएपछि भएपछि सेमिफाइनलमा स्थान बनाउन आज ‘गर या मर’को स्थितिमा रहेको छ । भारत भने जारी प्रतियोगितामा अपराजित रहेको छ । भारतको यो सातौं खेल हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको खेलमा इंग्ल्याण्डका ब्याट्सम्यानले उत्कृष्ट सुरुआत दिलाएका थिए । पहिलो विकेटका लागि जोनी बेरस्टो र जेसन रोयले १६० रनको साझेदारी गर्दै भारतीय बलरमाथि हावी भएका थिए । इंग्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३३७ रन बनायाे।

६६ रन बनाएका रोयलाई कुलदीप यादबले रवीन्द्र जडेजाको हातबाट क्याच आउट गराए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्का प्रहार गरेका थिए । भारतले पहिलो सफलता २२।१ ओभरमा हात पारेको थियो ।

त्यसअघि ११ औंँ ओभरमा हार्दिक पाण्ड्याको बलमा रोयको पञ्जालाई छुँदै धोनीले क्याच लिए पनि डिआरएस लिन मानेन् । तर रिप्लेमा भने रोय आउट भएको देखिएको थियो ।

रोय आउट भएपछि क्रिजमा आएका जो रुट र बेरस्टाेले ४५ रनको साझेदारी गरे । उक्त साझेदारी मोहम्मद शामीले ऋषभ पन्तको हातबाट क्याच आउट गराउँदै तोडेका थिए । जसमा बेरस्टो १११ रन बनाएर पेभेलियन फर्किए । जम्मा १०९ बल खेलेका बेरस्टो आज भारतीय बलरमाथि पुरै हावि देखिएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

तेस्रो विकेटको रुपमा इंग्ल्याण्डले कप्तान इयोन मोर्गनलाई गुमाएको थियो । मोर्गन जम्मा १ रन बनाउँदै आउट भएका थिए । उनलाई शममीले नै केदार जादवको हातबाट क्याच आउट गराए । जो रुट र बेन स्टोकले ७० रनको साझेदारी गर्दै इंग्ल्याण्डको स्कोर २७७ रन पुर्याएका बेला ४४ रनको व्यक्तिगत स्कोरमा मोहमद शामीबाट आउट भए ।

उनले ८ बलमा २० रन बनाएर आक्रामक शट खेलिरहेका जस बटलरलाई कट एण्ड बोल्ड गर्दै आउट गराएका थिए । व्यक्तिगत पाँचौं विकेटको रुपमा शामीले क्रिस वाेक्सलाई आउट गरे । ७९ रन बनाएका बेन स्टोक्सलाई बुमराहले आउट गरेका थिए ।

मोहम्मद शामीले आज पनि उत्कृष्ट बलिङ गरे । उनले निर्धारित १० ओभरमा ६९ रन खर्चिएर ५ विकेट लिएका थिए । उनले १ ओभर मेडन राखे । अन्तिम ओभरसमेत बलिङ गरेका  जसप्रित बुमराहले १० ओभरमा १ ओभेर मेडन राखेर ४४ रन खर्चिएर १ विकेट लिए ।

कुलदीप यादव, हार्दिक पाण्ड्या र युजबेन्द्र चहल सर्वाधिक महँगो सावित भए । कुलदीपले एक बिकेट लिए पनि ७२ रन खर्चिए भने विकेटविहीन बनेका चाहल र पाण्ड्याले क्रमश ८८ र ६० रन खर्चिएका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया