विश्वकप क्रिकेट : भारत हार्दा पाकिस्तानी समर्थकलाई झड्का, भारतले जानीजानी हारेको आरोप

 असार १६, २०७६ सोमबार ६:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारत इंग्ल्याण्डसँग हारेसँगै पाकिस्तानको सेमी फाइनल पुग्ने संभावना न्यून बनेको छ । 

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पाकिस्तानका समर्थकहरुले भारतको जित होस् भन्ने कामना गर्नुका साथै इग्ल्याण्ड हारेको हेर्न चाहेका थिए । तर भारत पराजित भएसँगै पाकिस्तानी समर्थकलाई झड्का लाग्न पुगेको छ । 

भारत हारेसँगै सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिकृयाहरु आएको छ । शतककाे पारी खेलेका रोहित शर्माको प्रशंसा भइरहेको छ भने धोनी जानिबुझि कमजोर खेलेको भन्दै आक्रोस पोखिएको छ । 

खेल सकिएसँगै पाकिस्तानी समर्थकले पाकिस्तानलाई सेमी फाइनलमा पुग्न रोक्नका लागि भारतले जानिबुझी म्याच हारेको आरोप लगाईरहेका छन् । 

ट्विटर प्रयोगकर्ता अली कामराजीले यो हारको पछाडीको कारण के हो भन्ने बारे सबैले राम्रोसँग जानेको बताएका छन् । साथै टिम र आफ्नो देशको लागि के सही हो भन्ने बारे धोनी राम्रोसँग जानकार रहेको पनि उनी बताउँछन् ।  

यस्तै भारतमा पनि म्याचपछि धोनी, रोहित, हार्दिकलाई ह्यासट्याग गर्दै ट्वीटर भरिएको थियो । खेलप्रेमीहरुले भारत, इग्ल्याण्ड र पाकिस्तानलाई जाेडेर मजाक गरिरहेका छन् ।  

स्वरुपानन्द बेनर्जी लेख्छन्, ‘इतिहासमा पहिलोपटक भारत हार्दा पाकिस्तानी समर्थक टीवी फुटाइरहेका छन् ।’ 

इंग्ल्याण्डले जितेसँगै पाकिस्ताका लागि विश्वकपको यात्रा कठीन बनेको छ । भारत र इंग्ल्याण्डकाे म्याचअघि पाकिस्तान ९ अंकका साथ इंग्ल्याण्डभन्दा अगाडि थियो । यो जितसँगै इग्ल्याण्डको १० अंक भएको छ । उसले अझै एक गेम खेल्न बाँकी नै छ । 

पाकिस्तानले पनि एक गेम खेल्न बाँकी छ । प्रतियोगितामा रहन पाकिस्तानका लागि यो खेल जित्नै पर्ने दबाब छ ।

तर इंग्ल्याण्डले अब बाँकी रहेको खेल हार्‍याे भने मात्रै पाकिस्तानका लागि विश्वकपको ढोका खुल्ने छ । होइन भने पाकिस्तानले अब खेल्ने खेल जिते पनि प्रतियोगिताबाट बाहिरिनु पर्ने छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया