वैदेशिक रोजगारीबारे महत्वपूर्ण जानकारी मोबाइल एपबाट लिनुहोस्

 असार १७, २०७६ मंगलबार १५:०:४९

वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपूर्ण सूचना मोबाइल एपबाट पनि पाउन सकिन्छ । त्यसका लागि नेपाल सरकारले ‘वैदेशिक रोजगारी एप’ ल्याएको छ । यो एपबाट विदेश जानुअघि र विदेश पुगेपछि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी पाइन्छ ।

पासपोर्ट नम्बर र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन, म्यानपावर कम्पनीको बारेमा, अभिमुखीकरण तालिम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्थालगायतका विवरण पाउन सकिन्छ ।

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बीमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एपबाट हेर्न सकिने छ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्न गन्तव्य देशमा रहेका महत्वपूर्ण निकाय तथा व्यक्ति, दूतावास, श्रम काउन्सुलर तथा श्रम सहचारीको सम्पर्क विवरण एपबाटै पाउन सकिन्छ ।

त्यस्तै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिन्छ । नेपाल सरकारको लोगो भएको ‘वैदेशिक रोजगारी एप’ कसरी चलाउने तरिका जान्न भिडियो हेर्नुहोस् ।

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • Dianna Glass

    Feb. 3, 2021, 1:42 p.m.

    I have a couple of questions for you

  •  0 Reply

तपाईको प्रतिक्रिया