विदेशमा पाइने काम अनलाइनबाट खोज्ने तरिका

 असार १७, २०७६ मंगलबार १६:१३:११

तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ र विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ । अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझ्न सकिन्छ । 

वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ । आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिन्छ ।

हिजोआज डिमाण्डमा उल्लेख भएको भन्दा पनि धेरै सेवा, सुविधा पाइने भन्दै एजेण्ट र म्यानपावरले ठग्ने क्रम बढिरहेको छ । तर अब वेवसाइटबाटै यो जानकारी लिन सकिने हुँदा एजेण्ट र म्यानपावरले भनेको कुरालाई विभागको वेवसाइटमार्फत पनि जाँच्न सकिन्छ । काम खोज्ने तरिका भिडियोमा हेर्नुहोस्।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Gobinda panthi

    July 9, 2019, 2:38 p.m.

    सरकारले लागु गरेको कुरा त राम्रो हो । म जस्ता हजारौं कामदारको लागि धेरै फाइदा हुने थियो । यस्तो कामको लागि आको छ भनेर वेबसाईटमा देखाउदा अति राम्रो हुने थियो ।किन भने खोज्न र हेर्न अति सजिको र उपयुक्त हुने थियो जस्तो लाग्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया