विश्वकप क्रिकेटः पाकिस्तानलाई सेमिफाइनल पुग्न नतिजासँगै पानीकाे डर

 असार १८, २०७६ बुधबार १४:५:५६ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत मंगबार भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । 

त्यस्तै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिने तेस्रो एसियाली देश भएको छ । यस अघि अफगानिस्तान र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका थिए । 

बुधबार हुने खेलमा सेमिफाइनल पुग्ने तेस्रो टिमको पनि तय हुनेछ, जुन खेलमा न्यूजिल्याण्ड र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । जसले जित्छ अन्तिम चारमा उसको स्थान पक्का हुन्छ । 

तर सेमिफाइनलको चौथो टिम को हुन्छ त ? यसको निर्णय बिहीबार हुने पाकिस्तान र बंगलादेशबीच हुने खेलले तय गर्नेछ । 

बंगलादेश त बाहिरिइसकेको छ तर पाकिस्तानसँग मौका अझै बाँकी छ । तर नकआउट चरणमा पुग्न पाकिस्तानलाई बुधबार हुने न्यूजिल्याण्ड-इंग्ल्याण्डबीचको खेलले निर्भर गर्दछ । 

यो खेल न्यूजिल्याण्ड र इंग्ल्याण्ड दुवैका लागि महत्वपूर्ण छ । यो खेलमा हार्नेले पाकिस्तानको खेलमा निर्भर हुनुपर्नेछ । 

न्यूजिल्याण्डले जित्दा के हुन्छ ?

अंक तालिकामा न्यूजिल्याण्ड ११ अंकसँगै तेस्रो स्थानमा छ भने इंग्ल्याण्ड १० अंकका साथ चौथो स्थानमा छ । बुधबारको खेलमा जो जित्छ, उ सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्नेछ । 

तर पाकिस्तान बुधबारको खेल न्यूजिल्याण्डले नै जितोस् भन्ने चाहन्छ किनकि न्यूजिल्याण्डले जित्दा इंग्ल्याण्डको १० नै अंक रहन्छ र बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्न उसलाई सहज हुन्छ । बंगलादेशलाई पराजित गर्दा पाकिस्तानको ११ अंक हुन्छ । 

इंग्ल्याण्डले जित्दा र न्यूजिल्याण्डले हार्दा के हुन्छ ?

यदि बुधबारको खेलमा इंग्ल्याण्ड विजयी हुँदा न्यूजिल्याण्डको ११ नै अंक रहन्छ र पाकिस्तानलाई निकै महङ्गो सावित हुन्छ र सेमिफाइनलमा पुग्न बंगलादेशलाई निकै ठूलो अन्तरले हराएर नेट रनरेटमा सुधार गर्नुपर्ने हुन्छ । 

अहिले पाकिस्तानको नेट रनरेट -० दशमलव ७९२ छ भने न्यूजिल्याण्डको ० दशमलव ५७२ छ अर्थात् अन्तर एकभन्दा बढी छ । यो अन्तर हटाउन पाकिस्तानलाई निकै ठूलो जितको आवश्यकता हुन्छ । 

नेट रनरेटकै कुरा गर्दा इंग्ल्याण्डको १ नेट रनरेट छ अर्थात् सबैभन्दा फाइदाको स्थितिमा छ । 

नेट रनरेटको गणना कसरी हुन्छ ?

कुनै पनि टिमको नेट रनरेट पत्ता लगाउन निकै सजिलो गणित छ । 

कुनै टिमले प्रतियोगितामा जति रन बनाउँछन्, र त्यो रनलाई उसले खेलेको ओभरले भाग गर्ने । दोस्रो शब्दमा यो पूरै प्रतियोगितामा कुनै टिमको प्रति ओभर ब्याटिङको औसत पनि भन्न सकिन्छ । 

अब कुनै टिमविरुद्ध प्रति ओभर कति रन बन्यो, त्यो निकाल्ने अर्थात् बलिङ औसत । ब्याटिङ औसतबाट बलिङ औसत घटाउँदा नेट रनरेट निक्लिन्छ । 
लिग चरणको खेलमा पाकिस्तानले न्यूजिल्याण्ड र इंग्ल्याण्ड दुुवैलाई चुनौती दिएको भए पनि जब सेमिफाइनलमा पुग्न नेट रनरेट आधार बन्छ तब पाकिस्तान यी दुई टिमभन्दा निकै पछाडि छ । 

पानीले नबिथोलोस् पाकिस्तानको गणित !

यो प्रतियोगितामा अहिलेसम्म चार वटा खेललाई पानीले बिथोलेको छ । श्रीलंकाविरुद्ध पाकिस्तानको सुरुवाती लिग म्याचमा पानीले प्रभाव पारेको थियो । यदि बंगलादेशविरुद्धको खेलमा पानीले खलनायकको भूमिका खेल्ने हो भने पाकिस्तान विश्वकपबाट बाहिरिने तय छ । 

किनकि रेन रनरेटको आधारमा पाकिस्तान नखेल्दै विश्वपकबाट बाहिरिनु पर्नेछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया