सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले न्यूजिल्याण्ड र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । टस जितेको इंग्ल्याडले पहिला ब्याटिङ रोजेको छ ।
चेस्टर ली स्ट्रिटको रिभरसाइड मैदानमा हुने खेलमा इंग्ल्याण्डले कुनै पनि खेलाडीमा परिवर्तन नगर्दा न्यूजिल्याण्डले भने दुई जना खेलाडीमा परिवर्तन गरेको छ ।
न्यूजिल्याण्डका तर्फबाट आजको खेलमा लकी फर्गुसनको स्थानमा टिम साउदीले खेल्नेछन् भने इश शाेधीको स्थानमा म्याट हेनरीले खेल्नेछन् । अहिलेसम्म यी दुई टिम विश्वकपमा आठ पटक आमने सामने भएका छन् । जसमा पाँच पटक न्यूजिल्याण्ड विजयी भएको छ भने तीन पटक इंग्ल्याण्डले जितेको छ ।
आजको खेललाई पाकिस्तानले पनि निकै महत्वका रुपमा लिएको छ । पाकिस्तान आजको खेल न्यूजिल्याण्डले नै जितोस् भन्ने चाहन्छ ।