एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्री म्यानचेस्टर सिटीमा अनुबन्ध हुने निश्चित

 असार १९, २०७६ बिहीबार ६:४०:२१ | एजेन्सी
unn.prixa.net

इंग्लिस क्लब म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीलाई अनुबन्ध गर्ने निश्चित गरेको छ । 

उनका लागि सिटीले ६२.६ मिलियन पाउण्डको रिलिज एट्लेटिको मड्रिडलाई तिर्ने भएको छ । यो स्थानान्तरण सफल भएमा रोद्री म्यानचेस्टर सिटीमा आउने सबैभन्दा महँगा खेलाडी बन्नेछन् । सिटीले २०१८ मा रियाद मेहरेजका लागि ६० मिलियन पाउण्ड खर्चिएको थियो ।

२३ वर्षे २०२३ सम्म एट्लेटिको मड्रिडमा सम्झौता कायम थियो । तीन वर्ष भिल्लारियलमा बिताएर उनी सन् २०१८ मा एट्लेटिको मड्रिड आएका थिए ।

उनले स्पेनिस टिमबाट गएको वर्ष जर्मनीविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यू गरेका थिए । अहिलेसम्म रोद्रीले ६ क्याप जितिसकेका छन् ।

सिटी प्रशिक्षक पेप गार्दिओलालाई रक्षात्मक मिडफिल्डरको आवस्यकता थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया