एउटै विश्वकपमा धेरै शतक बनाउने पहिलो खेलाडी बने रोहित शर्मा

 असार २१, २०७६ शनिबार २३:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्माले जारी विश्वकप क्रिकेटमा पाँचौं शतक प्रहार गरेका छन् । उनी एउटै विश्वकपमा सर्वाधिक शतक बनाउने विश्वको पहिलो खेलाडी समेत बने ।

श्रीलंकाविरुद्ध ९२ बलमा१०३ रन बनाउँदै शतक प्रहार गरे । २९ औं ओभरमा रोहितले कशुन रजिथाको बलमा चौका प्रहार गरेका थिए । समग्रमा राेहित १०३ रनमा पेभेलियन फर्किए ।

पाँचौं शतक प्रहार गरेपछि श्रीलंकाका कुमार सांगकारालाई पछि पारे । सांगकाराले २०१५ को विश्वकपमा चार शतक प्रहार गरेका थिए ।

रोहितले जारी विश्वकपमा बंगलादेशविरुद्ध १०४,इंग्ल्याण्डविरुद्ध १०२, पाकिस्तानविरुद्ध १४० तथा दक्षिण अफ्रिकाविरुद्ध १२२ रनमा नट आउट रहेका थिए ।

शनिबार श्रीलंकाविरुद्ध बनाएको शतक जारी विश्वकपमा रोहितले बनाएको पाँचौ शतक हो । यस्तै विश्वकपमा रोहितले ६ वटा शतक पनि बनाएका छन् । उनले २०१५को विश्वकपमा एउटा शतक प्रहार गरेका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया