कञ्चनपुरमा बाबुले गरे १४ वर्षीया छोरीको बलात्कार

 असार २६, २०७६ बिहिबार १२:४६:४० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर  – कञ्चनपुरमा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् । 

छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएकोे भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उहाँले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताउनुभयो ।

घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताउनुभयो । उहाँले पशुवत व्यवहार गर्ने यस्ता व्यक्तिमाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राख्नुभयो ।

छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ । 

घटनापछि दुबै जनालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताउनुभयो ।

उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै दुवैको मेडिकल चेकजाँच भइरहेकाले रिपोर्ट आएपछि कारवाहीको प्रकृया अघि बढाइने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया