बाढी पहिरोसँगै सरुवा रोगको जोखिम

 असार २४, २०७५ आइतबार ९:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बाढी पहिरोपछि सरुवा रोगको संक्रमण हुन सक्ने डाक्टरले बताएका छन् । बाढीपहिरो पछि लेप्टोइ पाइरोसिस रोगको जोखिम हुने सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । 

उहाँका अनुसार लेप्टोइ पाइरोसिस रोग संक्रमित जनावरको पिसाबबाट सर्ने गर्दछ । यो पानी तथा माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्दछ । मानिसले संक्रमित पिसाब मिसिएको पानी वा माटोको सम्पर्कमा आएमा यो रोग सर्ने डाक्टर पुनले बताउनुभयो ।

शरीरमा घाउ भएको वा छाला काटिएर खुल्ला भए वा संक्रमित पानी पिएमा लेप्टोइः पाइरोसिस रोग लाग्ने उहाँले बताउनुभयो । यो रोगको लक्षण टाइफाइडसँग मिल्दोजुल्दो हुने पनि उहाँले बताउनुभयो । काम ज्वरो आउनु, टाउको दुख्नु, मांशपेशीका तथा जोर्नी दुख्नु, आँखा रातो हुनु, पेट दुख्नु, पखाला लाग्नु र शरीरमा बिमिरा देखिनु यो रोगको लक्षण हो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया