प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काभ्रेपलाञ्चाेक – रोशी गाउँपालिका-११ भिमेश्वर माविको पर्खालले घरलाई थिच्दा ६५ वर्षीय कृष्णदेवी रायमाझीको ज्यान गएको छ ।
भूकम्पपछि पुननिर्माण गरिएको घरमा सुतिरहनु भएकी रायमाझीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण घर भत्किँदा काभ्रेमा मात्रै ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
त्यस्तै लगातार परिरहेको झरीका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा झण्डै दुई सयभन्दा बढी गाडी र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । पहिरो झरेकाे र खोला बढेका कारण राजमार्ग खुलाउन कठिनाइ भैरहेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले जानकारी दिनुभयो । बाटो खुलाउन प्रहरी र स्थानीय बासिन्दा जुटेका छन् ।
बीपी राजमार्ग अन्तर्गत मंगलटारसम्मको सडक एकतर्फी खोलिए पनि विभिन्न खहरे खोलामा लेदो आएका कारण सडक पूर्णरुपमा पन्छाउन सकिएको छैन । बीपी राजमार्गमा काठमाण्डौबाट धरान गइरहेकाे बा १६ च ३५४९ नम्बरको निजी कार लेदोमा फसेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।