त्रिविका समस्या समाधानको प्रस्ताव ल्याउन पदाधिकारीलाई प्रधानमन्त्...
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - मध्य तराईका रातो, खाडो, गागल लगायतका नदीमा बाढी आउन सक्नेभन्दै बाढी पूर्वानुमान शाखाले सचेत गराएकाे छ । भारतबाट ठूलो वर्षा गराउने बादल नेपाल प्रवेश गरेकाले थप वर्षाका कारण नदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्क रहन शाखाले आग्रह गरेको हाे ।
मध्य तराईसँगै काठमाण्डाै उपत्यकामा पनि राति ठूलो पानी परेको छ । यस्तै निरन्तरको वर्षाका कारण पूर्वका झापा, मोरङ, इलाममा पनि वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको हाे ।
यस्तै महोत्तरीको भप्सीखोलामा पानीको सतह बढेर पुल जोखिम परेकाले पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ । बिहान ४ बजेदेखि खोलामा पानीको सतह बढेपछि बेलिब्रिज भत्किन सक्ने भन्दै पुलमा गाडीको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसैबीच अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि पूर्व, मध्य र पश्चिम क्षेत्रका केही पहाडी तथा तराईका जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातभर आएको पानीका कारण नदीमा पानीको सतह बढेको छ । वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दे सतर्क रहन महाशाखाले आग्रह गरेको छ । साेमबार दिनभर पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद राजु प्रधानाङगले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।