पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – सरकारले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ ।
बस खरिदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । विद्युतीय बस खरिद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो ।
संस्थाले प्रदेश ३, काठमाण्डाै र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरिद गर्दैछ ।
गएको महिना मात्रै प्रदेश ३ ले ३० करोड रुपैयाँ, काठमाण्डाै महानगरपालिकाले १० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले साढे २ करोड रुपैयाँ र साझा आफैँले साढे २ करोड रुपैयाँ गरेर ४५ करोडमा बस खरिद गर्ने सम्झौता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।