डलरको भाउ अहिलेसम्मकै उच्च
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत – आफ्ना शैक्षिक माग राखेर आमरण अनशन बसेका मध्यपश्चिम विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले अनशन तोडेका छन् ।
आइतबार विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीहरुबीच मागहरु सम्बोधन गर्ने सहमति भएपछि अनशन तोडिएको हो । सहमतिसँगै विद्यार्थीहरुले गरेका सम्पूर्ण आन्दोलन फिर्ता लिएका छन् । इञ्जिनियरिङ संकायका रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन बिसी ६ दिनदेखि आमरण अनशनमा बसेका थिए । देउती अस्पतालमा विश्वविद्यालयका डिन गोविन्द लामिछाने, क्याम्पस प्रमुख सोनालाल यादवसहित विद्यार्थीहरुले जुस खुुवाएर विद्यार्थीको आमरण अनसन तोडाएका हुन् ।
विश्वविद्यालय पदाधिकारी र विद्यार्थीबीच १७ बुँदे सहमति र निर्णय भएका छन् । इञ्जिनियरिङ हाइड्रोपावर पाठ्यक्रम तयार गरी चौथो सेमेस्टरको परीक्षा अघि पाठ्यक्रम उपलब्ध गराउने, इञ्जिनियरिङ संकायको तीन महिना भित्र प्राक्टिकल ल्याबको व्यवस्थापन गर्ने, पुस्ताकालयका आवश्यक पुस्तकहरु उपलब्ध गराउने, विषयगत शिक्षकहरुको व्यवस्थापन गर्ने र इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको पठनपाठनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि छुट्टै भवन भाडामा लिएर पठनपाठनलाई प्रभावकारी गराउने निर्णयलगायत १७ बुँदे सहमति विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीबीच भएको छ ।
इञ्जिनियरिङ संकायका कार्यक्रमहरुलाई मुसुम प्रणालीमा सञ्चालन गर्नका लागि सञ्चालन गर्न डिन गोविन्दप्रसाद लामिछानेको संयोजक्तवमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ । विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, आर्थिक, प्रशासनिक, पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि आत्मनिर्भर भए बिकेन्द्रीकरणतर्फ लैैजाने निर्णय गरिएको छ । सहमति र निर्णयहरु तोकिएको समय भित्र कार्यान्वयन नभए विश्वविद्यालयले जिम्मेवारी लिनुपर्ने विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायत ७ बुँदे मागहरु राखेर ६ दिनदेखि आमरण अनशन बसेका थिए । विद्यार्थीहरुले राखेको इञ्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने मागमा भने असहमति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।