पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
नवलपरासी – च्याउ टिप्न शुक्रबार रूपौलिया जंगल छिरेका १० जना किशोरहरू २४ घण्टापछि शनिबार फेला परेका छन् ।
शनिबार जंगलमा बाटो बिराएपछि उनीहरु घर फर्कन नसकेकाे र जंगलमै रात बिताउन बाध्य भएका थिए । हराएकामध्ये ८ जना बर्दघाट नगरपालिका-८ तेलहाका तथा अन्य २ जना वडा नं ७ जिमरीभारका किशाेरहरु हुन् ।
'पानी पर्न थालेपछि ओत लाग्न पहाडतिर उक्लियौँ र फर्कने बेला बाटो बिरायौं', हराएकामध्ये एक सुरज चौधरीले भने, 'मोबाइलमा नेटवर्क नभएकाले घरमा फोन गर्न तथा गुहार माग्न सकेनौँ । आगो बालेर रात बितायौँ।'
बर्दघाट नगरपालिका-१५, तेलहा गाउँका १६/१७ वर्ष उमेर समूहका १० जना किशोरहरू च्याउ टिप्न जाने भनेर शुक्रबार दिउँसो १ बजे जंगल पसेका थिए । राति अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्न सुरु गरेका थिए ।
हराएका १० जना किशाेरहरुकाे खाेजी गर्न शनिबार प्रहरी, स्थानीयवासी र स्थानीयहरु उनिहरुलाई खाेज्न जंगल पसेका थिए । शनिबार दिउँसाे माेबाइलमा नेटवर्क आएपछि घरमा फोन गरेर उनीहरू सम्पर्कमा आएका थिए । फोन सम्पर्कको सहयोगमा फेला पारिएका सबैजना सकुशल घर पुगेका छन् ।
सबैजनाको स्वास्थ्य अवस्था समान्य रहेको सुरजका बुवा टेक बहादुर चौधरीले बताउनु भयाे । उहाँले भन्नुभयाे, 'मेरो छोरा सुरजसँगै नवीन चौधरी, मान बहादुर चौधरी, सागर र सन्दीपलगायत सबै १० जना सुकशल छन् ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।