हङकङमा विरोध प्रदर्शनमा उत्रिएका ३० जना प्रदर्शनकारी घाइते

 साउन ६, २०७६ सोमबार ९:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हङकङमा सुपुर्दगी सम्बन्धी कानुनको विरोधमा रहेका ३० जना प्रदर्शनकारी घाइते भएका छन् ।

रेल स्टेसनमा सेतो टिसर्ट लगाएका मानिसको समूहले आक्रमण गर्दा प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ ।

आक्रमण गर्ने बारे नखुलाइए पनि सामाजिक सञ्जालमा उनीहरूले सरकारले नै घटना गराएको हुनसक्ने आरोप लगाएका छन् ।

हङकङमा लोकतन्त्रको समर्थनमा भएको र्‍यालीमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।

आइतबारको प्रदर्शनमा ४ लाख ३० हजार जनाभन्दा धेरै सहभागि भएका आयोजकले दावी गरेका छन् भने प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया