कपिलवस्तु नगरपालिकाका मेयरविरुद्ध उपमेयरद्वारा मुद्दा दायर

 साउन ९, २०७६ बिहिबार २०:८:४३ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी गुप्ताले नगर मेयर किरण सिंहविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गर्नु भएको छ ।

मेयर किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र नगर सभालाई विपक्षी बनाएर उपमेयर गुप्ताले मुद्धा दर्ता गराउनु भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुने व्यवस्थाविपरीत मेयरले कामकारबाही अगाडि बढाएको भन्दै उहाँले  मुद्दा दायर गर्नु भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ६७ मा भएको प्रावधानविपरीत मेयर अघि बढेको र जबरजस्ती नगर सभा सञ्चालन गरेको भन्दै यसको विरुद्धमा आफूले आफ्नो अधिकार हनन भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको उपमेयर गुप्ताले बताउनुभयो ।

उपप्रमुख गुप्ताले पाँचौँ नगरसभाको निर्णयलाई कार्यान्वयन नगराउन उच्च अदालतसमक्ष माग गराउनु भएको छ । यसबारेमा साउन १५ गते बहस हुने उपमेयरतर्फका कानुन व्यवसायी अधिवक्ता गोकर्ण सिंह थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया