आयरल्याण्डविरुद्धकाे पहिलाे टेस्ट म्याचमा इंग्ल्याण्ड १४३ रनले विजयी

 साउन १०, २०७६ शुक्रबार २०:१०:१७ | एजेन्सी
unn.prixa.net

आयरल्याण्डविरुद्धको पहिलो टेष्टमा इंग्ल्याण्ड १४३ रनले विजयी भएको छ ।

इंग्ल्याण्ड दोस्रो इनिङमा ३०३ रनमा अलआउट भएपछि आजै आयरल्याण्डले दोस्रो इनिङ सुरु गरेको थियाे । पहिलो इनिङमा ८५ रनमा अलआउट भएको इंग्ल्याण्डले दोस्रो इनिङमा भने सन्तोषजनक प्रदर्शन गरेको थियो । इंग्ल्याण्डका लागि ज्याक लिचले ९२ रनको योगदान दिए ।

त्यस्तै ज्यासन रोयले ७१ रन बनाए भने साम कुरनले ३७ तथा जो रुटले ३१ रन जोडे ।

बलिङतर्फ मार्क अदइर र स्टुवार्ट थम्प्सनले तीन-तीन विकेट लिए भने बोइड र्‍यान्किनले दुई विकेट लिए ।

एक सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड दोस्रो पारीमा मात्र ३८ रनमा समेटिएपछि इंग्ल्याण्ड १४३ रनले विजयी भएको छ ।

टेष्ट क्रिकेटमा आयरल्याण्ड कम रनमा समेटिने सातौं टिम बनेको छ । इंग्ल्याण्डका तीव्र गतिका बलरसामु टिक्न नसकेको आयरल्याण्डका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

आयरल्याण्डकाे पारीलाई ध्वस्त बनाउन स्टुवार्ट ब्रोडले चार तथा क्रिस वक्सले ६ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया