विभिन्न जिल्लामा बाढी आउने खतरा, सतर्क रहन आग्रह

 साउन १३, २०७६ सोमबार ८:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका विभिन्न ठाउँमा पानी परिरहेकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  

बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भू–भागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।  

पानी पर्ने सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्रमा सतर्क भएर बस्न महाशाखाले आग्रह गरेको हो । सोमबार विशेष गरी ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र लमजुङ जिल्ला तथा यस आसपासका जिल्लाका नदी तथा खहरेको बहाव उल्लेख्य बढ्ने देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो । 

यस्तै रोल्पा, रूकुम, डोल्पा, जुम्ला, दैलेख, अछाम, बाजुरा, बैतडी, दार्चुला र आसपास जिल्लाको नदी तथा खहरेको बहाव पनि बढ्ने देखिएको महाशाखाले जनाएको छ ।  
 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया