न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
भोजपुरको रामप्रसाद राई गाउँपालिका –१ मा रहेको एनसेलको टावरमा आगजनी भएको छ ।
एनसेलको टावरमा रहेको ५ वटा सोलार प्यानल तोडफोड गर्नुका साथै एक थान इन्जिनसमेत जलाइएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताउनुभयो ।
आगो कसले र किन लगायो भन्नेबारे केही जानकारी आएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, गोरखाको पालुङटार नगरपालिका–८ धुवाँकोटमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बुधबार राति ११ बजे तिर आगजनी भएको हो । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।