रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल
पुस ८, २०८१ सोमबार
भक्तपुर - दश महिनाअघि एक महिलाको साथबाट दुईलाख रुपैयाँ लुटेर फरार हुने लुटेरा लागू औषधसहित शनिबार पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सिन्धुलाल्चोक राम्चे-७, घर भएर हाल काठमाण्डौको थानकोट बस्ने २९ वर्षीय पदम तिमिल्सिनालाई शनिबार मध्यपुरथिमि-१, लोकन्थली, नरेफाँटबाट लागू औषध डाइजाेपाम,नोफिन र फेनारगन ६ सेट तथा मोबाइल ४ थानसहित पक्राऊ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
तिमिल्सिनाले गएकाे २०७५ साल असोज २४ गते भक्तपुरको सल्लाघारीमा रहेको आईएमई रेमिटबाट दुईलाख रुपैयाँ निकालेर निकोसेरातर्फ आउँदै गरेकी जया कोइरालाको साथबाट चांगुनारायण नपा २ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने क्रममा रकम र मोबाइल लुटेर फरार भएका थिए ।
त्यसबेला रकम लुटपाटमा संलग्न रहेका तीन जनामघ्ये तिमिल्सिना मुख्य रहेको र अन्य २ जना सुजन तामाङ र पबिन तामाङ यस अघि नै पक्राउ परी जेलमा रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका अभियुक्त तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट तथा ठगीमा समेत संलग्न रहेको अनुसन्धानवाट खुलेको र थप अनुसन्धान भइरहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।