आइतबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 साउन १९, २०७६ आइतबार ११:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज आइतबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ७९ पैसा थियो । 

आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा थियो । 

यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकेको छ । शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा थियो । 

मलेसियन रिंगिटको भाउ पनि शुक्रबारको भन्दा केही पैसाले बढेको छ । आइतबार रिगिंट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा पुगेको छ । शुक्रबार १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा थियो । 

कोरियन वन को मूल्यमा भने कुनै फेरबदल भएको छैन । शुक्रबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा थियो आज पनि त्यती नै छ ।

कुवेती दिनारको भाउ भने धेरैले बढेको छ । आइतबार यसको १ को खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३६१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा मात्र थियो । 

अनि आइतबार बहराइन दिनारको मूल्य पनि बढेको छ । आइतबार बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा थियो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया