साउदीमा महिला कामदार समस्यामा, सप्लाई र कन्ट्राक्टिङ कम्पनीका माग पत्र प्रमाणीकरण नगर्ने

 साउन २१, २०७६ मंगलबार ११:३२:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – महिला कामदार समस्या परेको भन्दै साउदी स्थित नेपाली दूतावासले सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा महिला कामदाको माग प्रमाणीकरण नगर्ने भएको छ । 

भनेअनुसारको सेवा सुविधा नपाएको लगायतका गुनासा बढेपछि सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा नेपाली महिला कामदारको अवस्था बुझ्न दूतावासले गरेको एक सर्वेक्षणले महिला कामदार शोषणमा परेको पाएपछि मागपत्र प्रमाणीकरण स्थगित गरेको दूतावासले जनाएको छ । 

सर्वेक्षणले महिला कामदारले पारिश्रमिक कम पाएको, समयमा औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न बहानामा अन्यत्र काममा लगाउने गरेको, तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको पाइएको छ । 

त्यस्तै गुनासोको निवेदन दिँदा नलिएको, पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेको, बजार जाँदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा सामान किन्न बाध्य पारिएको र दुई तहभन्दा बढी कम्पनीमा आपूर्ति गर्ने गरी भर्ना गरेको पाइएको दूतावासले जनाएको छ । 

सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइएकाले दूतावासले यी कम्पनीबाट आउने मागपत्र प्रमाणीकरण नगर्ने भएको हो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया