नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
इंग्लिस प्रिमियर लिगको यो सिजनको उद्घाटन खेलमा साविक उपविजेता टिम लिभरपुलले प्रभावशाली जित निकालेको छ । जसमा उसले नोर्विच सिटीलाई चार-एकले हरायो ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै चार गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा उसले गोल थप्न सकेन भने नोर्विचले एक गोल फर्कायो ।
यो सिजनको पहिलो गोल नै आत्मघाती भएपछि लिभरपुलले एक-शून्यको अग्रता बनायो । सातौं मिनेटमा नोर्विचका कप्तान ग्रान्ट हेन्लीले डिभोक ओरीगीको क्रसलाई बचाउन खोज्दा आफ्नो पोस्टमा गोल गर्न पुगे ।
त्यसपछि १९ औं मिनेटमा रोबेर्टो फेरमिन्होको पासमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुको अग्रता दुई-शून्यमा पुर्याएका । २८ औं मिनेटमा लिभरपुलले अर्को गोल थप्यो । सलाहको कर्नर बललाई भर्जिल भान डिजिकले गोलमा परिणत गरे । जसका कारण लिभपुल आधा घण्टाभित्र नै तीन-शून्यले अगाडि रह्यो ।
४२ औं मिनेटमा ओरीगीले ट्रेन्ड आर्नोल्डको पासमा लिभरपुलका लागि चौथो गोल गरे ।
पहिलो हाफमा चार गोलको अग्रता बनाएको लिभरपुलविरुद्ध नोर्विचले ६२ औं मिनेटमा एक गोल फर्काएको थियो । तर त्यसपछि उसले थप गोल गर्न सकेन र लिभरपुलले अंक तालिकामा पहिलो तीन अंक जोड्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।