आइतबार कोरियन र मलेसियन मुद्राको भाउ बढ्यो

 भदौ १, २०७६ आइतबार ११:२६:१३ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार कोरियन र मलेसियन मुद्राको भाउ केहीले बढेको छ भने अरु सबै विदेशी मुद्राको भाउ शुक्रबारको भन्दा घटेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा रहेको थियो ।  

यस्तै कतारी रियालको भाउ पनि घटेको छ । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा थियो । 

आइतबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८ पैसा रहेको छ । शुक्रबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा थियो ।

मलेसियन रिंगिटको भाउ भने शुक्रबारको भन्दा केही पैसाले बढेको छ । आज रिंगिट १ को खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २७ पैसा रहेको थियो ।

कोरियन वनको भाउ पनि केही पैसाले बढेको छ । आइतबार वन १ सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा छ ।  शुक्रबार यसको १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९३ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७८ पैसा रहेको छ । शुक्रबार यसको १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा थियो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया