यातायात व्यवस्था विभागमा सहायता कक्ष

 भदौ २, २०७६ सोमबार ९:५९:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को सुरु गरेको छ । 

चालक अनुमतिपत्रसँग सम्बन्धित जिज्ञासा लिएर दैनिक सेवाग्राही आइरहँदा कार्यालयमा सधैँ भीडभाड भइरहेकाले यो सेवा सुरु गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार दुई दिनपहिले शुरु भएको कक्षले अनुमतिपत्र अनलाइन आवेदन, छपाइ, वितरण लगायतका विषयमा सम्पूर्ण जानकारी दिइनेछ । 

सेवाग्राहीले अनुमतिपत्र छापियो वा छापिएन वा छापिएका अनुमतिपत्रमा पनि कुनै खालका समस्या आउँदा कोठाकोठामा पुगेर बुझ्न जान नपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यसअघि सेवाग्राहीले भोग्दै आउनुभएको समस्या हट्ने हामीले विश्वास गरेका छौँ ।’ अहिले सहायता कक्षले चालक अनुमतिपत्रसँग सम्बन्धित मात्रै जानकारी दिने भए पनि आगामी दिनमा यसको क्षेत्र विस्तार गर्दै जाने विभागको योजना रहेको सिंहले जानकारी दिनुभयो । सेवाग्राहीले आइतबारदेखि बिहीबारसम्म बिहान १० : १५ देखि ४ : ४५ सम्म र शुक्रबार २ : ४५ बजेसम्म कार्यालयमा आएर वा फोन सम्पर्क गरेर अनुमतिपत्रबारे जानकारी लिन सक्ने बताइएको छ । 

देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट सङ्कलन भएका आवेदनबाट विभागले चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ । सम्बन्धित कार्यालयले नै चालक अनुमतिपत्र वितरण गरिरहे पनि समस्या आउँदा उनीहरुलाई विभागमा पठाउने गरेका छन् । गत वर्ष नै यातायात व्यवस्था कार्यालयहरु प्रदेशमा हस्तान्तरण भए पनि देशभरका चालक अनुमतिपत्र छपाइ विभागले नै गरिरहेको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया