एनएसएलको विजेताले ८० लाख रुपैयाँ पाउने

 वैशाख १२, २०८२ शुक्रबार १८:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तेस्रो संस्करणको नेपाल सुपर लिग लिग (एनएसएल) फुटबलको विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै विजेताले ८० लाख रुपैयाँ पाउने बताएको हो । यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ । यसैगरी व्यक्तिगत विधामा पनि अवार्ड र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

एनएसएलको उपाधिका लागि भोलि साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया