सोमबार कोरियन वन र कुवेती दिनारको भाउ बढ्यो

 भदौ २, २०७६ सोमबार ११:३५:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कोरियन वनलगायत केही विदेशी मुद्राको भाउ बढेको छ भने केहीको स्थिर र केहीको घटेको छ ।

अमेरिकी डलरको भाउमा आइतबारको भन्दा कुनै थपघट भएको छैन । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकेको छ । 

साउदी रियालको मूल्य भने १ पैसाले बढेको छ । रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा पुगको छ । आइतबार यसको १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो ।  

कतारी रियालको भाउ भने घटेको छ । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा पुगको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो । 

सोमबार यूएई दिर्हाम र मलेसियन रिंगिटको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । आज दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८ पैसा रहेको छ । यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा छ । 

कोरियन वनको भाउ भने थोरैले बढेको छ । आज यसको १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पेसा पुगेको छ । आइतबार वन १ सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा थियो ।

कुवेती दिनारको मूल्य पनि बढेको छ । सोमबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३० पैसा भएको छ । आइतबार यसको १ को खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा थियो ।

यस्तै बहराइन दिनारको मूल्य पनि स्थिर छ । सोमबार बहराइन दिनारको मूल्य १ को खरिददर ३०१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७८ पैसा रहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया