कपिलवस्तुमा पेस्तोल देखाएर ३ लाख लुटे

 भदौ ३, २०७६ मंगलबार १७:१:५४ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नं. १ को सिकोटवा जाने बाटोमा नचिनेका मान्छेको समूहले ३ लाख रुपैयाँ लुटेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकबाट पैसा झिकेर बुद्धभूमि नगरपालिका वडा नं. १० विजगौरीतर्फ जाँदै गरेका कुवेर धोवीलाई पेस्तोल देखाएर ३ लाख रुपैयाँ नगद लुटिएको हो ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले पेस्तोल देखाएर पैसा लुटेको पीडित धोबीले बताउनुभयो । लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

उहाँको साथमा रहेको ४ वटा नागरिकता अन्य कागजातसहित त्यो रकम लुटिएको प्रहरीले जनाएको छ । पछिल्लो समय बैंकबाट रकम झिकेको देखेपछि पिछा गरी यसरी रकम लुट्ने व्यक्तिहरु जिल्लामा सक्रिय भई लागेका छन् । 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया