पश्चिम नेपालका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका (एनआरएन) अध्यक्ष भवन भट्टलाई सिल्क एयरले जहाजबाट बाहिर निकालेको छ ।
बोर्डिङ पास लिएर जहाजको सिटमा बसेको बेला भट्ट र सँगै रहेका सनत न्यौपानेलाई जहाजका कर्मचारीले बाहिर निकालेका हुन् । रक्सी पिएर जहाजमा बसेकाले उनीहरुलाई क्याप्टेनले उड्ने अनुमति नदिएको स्रोतको भनाइ छ ।
उनीहरू शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा थिए ।
प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर आफूहरु सिंगापुर जान लागेको न्यौपानेको भनाइ छ ।
जहाजको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको न्यौपानेको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।