बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

 भदौ ८, २०७६ आइतबार ११:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – पाटे बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारको खानेपानी ट्याङ्की नजिक ७० वर्षीय पहरिया थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जले जनाएको छ ।

आइतबार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरेको ‍स्थानीय देविराम दहितले बताउनुभयो । बाघले आक्रमण गरेको ठाउँदेखि झण्डै २५ मिटर घिसारेर लगेको छ । बाघले मृतकको घाँटीमा हानेको चोट देखिन्छ । थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघले आक्रमण गर्दा थारुको ज्यान गएको हो । मृतकको घर र निकुञ्ज सीमाना जोडिएको छ ।

चार दिन अघि बिहीबार दिउँसो पनि बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका–४ दङ्गपुरकी ५६ वर्षीय रामकली शाहीको ज्यान गएको थियो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया