श्रमिकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी गर्न श्रममन्त्रीकाे आग्रह

 भदौ ८, २०७६ आइतबार २०:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमlकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ । 

सामाजिक सुरक्षा कोषले आइतबार आयोजना गरेको होटल संघ नेपाल र मन्त्रालयबीचको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्दे मन्त्री विष्टले रोजगारदाताहरुलाई बैंकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न सचेत गराउनुभएको हो । कुनै पनि रोजगारदाताले आफ्ना श्रमिकलाई नगद भुक्तानी गरेको देखिएमा श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्षमा सरकार पुग्ने भन्दै उहाँले त्यसपछि सरकार अर्को कदम चाल्न बाध्य हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘केही समय पछाडि नगद भुक्तानी गर्न पाइँदैन । यदि नगद भुक्तानी गरेको भेटियो भने श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्ष हुन्छ र सरकारले अर्को प्रकारको प्रक्रिया अगाडि बढाउँछ ।’

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष श्रृजना राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गर्ने गरेको भए पनि होटल व्यवसायलाई उद्योगको दर्जा नदिएकाले राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभयो । उहाँले २० जनाभन्दा कम कार्यरत होटल सञ्चालक र श्रमिकलाई सामाजिक सुरक्षा योजना स्वेच्छिक हुने व्यवस्था गर्न माग गर्नुभयो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएपछि सामाजिक सुरक्षा कोषले क्षेत्र विशेषलाई प्राथमिकतामा राखेर अन्तरक्रियाहरु सञ्चालन गर्दे आएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया