सोमबार बहराइन र कुवेती दिनारको भाउ बढ्यो

 भदौ ९, २०७६ सोमबार १०:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सोमबार कुवेती र बहराइन दिनारको भाउ बढेको छ भने अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

नेपाल राष्ट्रबैंकले सोमबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ ।   यस्तै सोमबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा थियो ।

यूएई दिर्हामको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । आज दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा नै छ । 
यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा तोकेको छ । 

आज कोरियन वनको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले आज यसको १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तोकेको छ । आइतबार यसको १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा थियो ।

कुवेती दिनार र बहराइन दिनारको मूल्य भनेको हिजोको भन्दा बढेको छ । आज कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ र बिक्रीदर ३७८ रुपैयाँ ९८ पैसा पुगेको छ । आइतबार यसको १ को खरिददर ३७५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९२ पैसा थियो ।

यस्तै बहराइन दिनारको १ को खरिददर ३०३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९४ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३०३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९० पैसा थियो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया