बाढीले भक्तपुर र काठमाडौंका केही ठाउँ डुबानमा

 असार २८, २०७५ बिहीबार ८:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – वर्षाका कारण बागमती र हनुमन्ते खोलामा बाढी आउँदा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको छ । 

भक्तपुरको जगाती, बाराही ठाउँका वस्तीमा पानी पसेको छ, भने भूकम्प पीडितको शिविर डुबानमा परेको छ । 

मध्यपुरथिमिको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती पुरै डुबानमा परेको छ । मध्यरातीदेखि यहाँका सयौं घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधे राधे र त्यसक्षेत्रका वस्तीका साथै भाटभटेनी सुपर मार्केटदेखि स्यामसुङ्ग कम्पनीसम्म पुरै डुबानमा परेको छ । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अबस्था नभएको स्थानीय पुरुषोत्तम काकीीले जानकारी दिनुभयो ।

जमिनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डको दुबै क्षेत्र डुबानमा परेको छ । चारदोबाटोबाट बालकोट जाने वस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय पुष्करराज बुढाथोकीले जानकारी दिनुभयो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेको छ ।

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडिबुटीस्थित सुकुम्बासी वस्ती पुरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्था रहेको स्थानीय अमर थापाले बताउनुभयो । 

 

बाढीका कारण बागमती नदी आसपास काठमाडौंका केही ठाउँ पनि प्रभावित भएका छन् ।
 

तस्बिर/ भिडियाे : प्रेम लाल भासिमा र शुशिल बुढाथाेकीकाे फेसबुकबाट

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया