संसदमा सांसदको प्रश्न : मलेसियाले कारबाही गरेकोलाई नेपालमा किन छुट ?

 भदौ १२, २०७६ बिहिबार १८:१४:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा नेपाली कामदारमाथि ठगी गर्नेलाई सरकारले छुट दिएको भन्दै संसद बैठकमा प्रश्न उठेको छ ।

बिहीबारको संसद बैठकमा सांसद नवराज सिलवालले मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक ठगीमा संलग्न उच्च तहका अधिकारी र उनीहरुलाई सुरक्षा दिने राजनीतिक शक्तिलाई अनुसन्धानको दायरामा ल्याउन माग गर्नुभयो ।

सत्तारुढ दल नेकपाका सांसद सिलवालले मलेसिया सरकारले कारबाही गरेको भीएलएनलाई नेपालमा किन छुट दिइयो भनेर प्रश्न गर्नुभयो । आफूलाई इमेलमार्फत मलेसियाका एक सांसदले प्रश्न गरेको भन्दै सिलवालले बैठकमा मलेसिया सरकारका उच्च अधिकारीको मिलेमतोमा अनधिकृत रुपमा अर्बौं रुपैयाँ उठाइएको विषयमा नेपाल सरकारले किन छानबिन नगरेको भन्दै प्रश्न गर्नुभएको हो।

मलेसियामा त्यत्रो ठूलो राजनीतिक नेतृत्वमाथि भष्ट्राचार गरेकै कारण कारबाही गरिसक्दा पनि नेपालमा एउटा चरोमुसोलाई पनि सोधपुछ गरिएन,’ उहाँले भन्नुभयो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीमाथि आघात परेको पनि उहाँले उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया