महाराष्ट्रकाे धुले जिल्लाको रासायनिक कारखानामा विस्फोट: कम्तीमा १२ को ज्यान गयो

 भदौ १४, २०७६ शनिबार १५:२५:३३ | एजेन्सी
unn.prixa.net

महाराष्ट्रको धुले जिल्लामा एक रासायनिक कारखानामा सिलिण्डर विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ। 

विस्फोटमा परेर ५८ जना घाइते भएका छन्, जसमध्ये ९ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्र टाइम्सको रिपोर्टका अनुसार यो घटना शनिबार बिहान ९ बजेर ४५ मिनेट जाँदा भएको हो । विस्फोटको समयमा रासायनिक कारखाना उद्योगमा कम्तीमा सय जना मजदुरहरु काम गरिरहेका थिए । 

पाँच ओटा दमकल घटनास्थलमा पुगेको र आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्छ । विस्फोट भएको रासायनिक कारखाना धुले जिल्लाको शिरपुर तालुकाको वघाडी गाउँमा छ । 

विस्फोटको आवाज निकै टाढासम्म पनि सुनिएको थियो । विस्फोटका कारण नजिकै खेतमा काम गरिरहेका मजदूरहरु पनि घाइते भएको बताइएको छ । 

जानकारीका अनुसार विस्फोट भएको रासायनिक कारखानामा रहेका ६ ओटा बोइलरमध्ये ४ ओटा बोइलर फटिसकेको छ । 

रासायनिक कारखानामा बोइलरको निरन्तर विस्फोटका कारण आगलागी नियन्त्रण गर्न गाह्रो भैरहेको अधिकारीहरुले जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया