वेथी नदीमा बेपत्ता तीनै जनाको शव फेला

 भदौ १७, २०७६ मंगलबार १३:४:५९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – तिजको अवसरमा शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको मंगलबार शव फेला परेको छ । 

बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा मंगलबार बिहान फेला परेकोे थियो । बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरियाका नदी किनारमा तैरिएको अवस्थामा फेला परेको हो प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

कानुनी प्रक्रिया पूरा गरी तीन वटै शव परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया