जापानले तोक्यो परीक्षाको मिति, नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजाने

 भदौ १७, २०७६ मंगलबार १६:३०:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ– ‘नर्सिङ केयर गिभर’ मा जापान जान चाहने कामदारको भाषा र सीप परीक्षाको मिति तोकिएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आउँदो अक्टोबर र नोभेम्बर महिनामा भाष र सीप परीक्षाको मिति तोकेको हो । 

भाषा र सिप परीक्षाका अक्टोबर २७ देखि २९ अथवा कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ अथवा कार्तिक ९देखि १९ र नोभेम्बरकै १२ देखि १४ अथावा कार्तिक २६ देखि २८) मा हुने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सूचना जारी गरेको छ । 

कम्प्युटर प्रणालीमा आधारित परीक्षा 

नसिर्कङ केयर गिभरमा जापान जान चाहने कामदारका लागि शैक्षिक योग्यता तोकिएको छैन । तर, भाषा र सीप परीक्षा भने पास गर्नुपर्ने छ । परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ । 

सीप परिक्षामा ४५ वटा प्रश्न सोधिने छन् । ६० मिनेटको समय दिइने छ । जसमा ४० लिखित र ५ प्रश्न व्यवहारिक खाल हुनेछन् । 

भाषा परीक्षा ३० मिनेटको हुनेछ । यसमा १५ वटा प्रश्नहरु सोधिने छन् । पास भए –नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुनेछन् । परीक्षा सकिएको भएको एक महीनापछि नतिजा सार्वजनिक हुनेछ ।

नेपाल सरकार र जापान सरकारबीच गएको वर्षको चैतमा नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो ।

जापानले कृषि, नर्सिङ केयर, सवारी सधान मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा विदेशी कामदार लैजाने जनाएको छ । 

नेपाली कामदारलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए पनि कुन कुन क्षेत्रमा कति संख्यामा कामदार लैजाने भन्ने विषय टुङ्गो लागेको छैन । परीक्षामा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ ।  जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ । ‘एन–४’ तहको भाषा परीक्षा लिइन्छ ।

परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा सेम्टेम्बरको पहिलो साताभरीमा जानकारी दिइने र सेम्टेम्बर अन्तिममा फारम भर्न सुरु हुने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जनाएको छ । दुबै परीक्षाका लागि एक – एक हजार जापानिज युआन शूल्क तोकिएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया