शुक्रबार सबै विदेशी मुद्राको भाउ घट्यो

 भदौ २०, २०७६ शुक्रबार १०:३५:३५ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २५ पैसा तोकेको छ । बिहीबार अमेरिकी डलर ११५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६९ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा थियो । 

शुक्रबार ओमानी रियालको खरिददर एकको २९८ रुपैयाँ ९७ पैसा रहेको छ । हिजो यसको १ को खरिददर २९९ रुपैयाँ ०८ पैसा थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा थियो । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा पुगेको छ । हिजो बिहीबार यसको १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा नै थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा पुगेको छ । हिजो वन १ सयको को खिरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४३ रुपैयाँ तोकेको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६३ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा छ । हिजो यसको १ को खरिददर ३०५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ८३ पैसा थियो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया