भक्तपुरमा पहिरोले २२ घर भत्किए, बाढी प्रभावित रातभर जाग्राम

 असार २९, २०७५ शुक्रबार ८:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर –  अविरल वर्षा पछिकाे पहिरोले भक्तपुरमा २२ वटा घर भत्किएको छ । भक्तपुरमा चाँगुनाराण र सूर्यविनायक नगरपालिकामा रहेका कच्ची घर भत्किएको हो । 

हिजो भक्तपुरका ठिमी, सूर्यविनायक, चाँगुनारायण, जगाती, दुवाकोट, राधेराधे, लिबाली, सल्लाघारी, सृजनाचोक लगायतको क्षेत्र डुबेको थियो । बाढीले ५० घरका परिवार विस्थापित भएका छन् भने सयौँ प्रभावित भएका छन् ।

दिनभरी त्रासमा रहेका बाढी प्रभावितले जाग्राम बसेरै रात बिताएका छन् । पानी पर्न कम भएसँगै बाढीको जोखिम कम भए पनि घरको भूईं तलामा जमेको पानी निकाल्न सकिएको छैन । केहीले मेसिन लगाएर घर भित्रको पानी फ्याँकेका छन् तर धेरैको घरमा पानी अझै पनि जमिरहेको छ । 

बाढीले घरमा रहेको समानसँगै गोदामहरु पनि डुबाएकाले करोडौँं रुपैयाँको नोक्सानी भएको हुन सक्ने अनुमान गरिएको छ । डुबान प्रभावित क्षेत्रमा लगत संकलनको काम भइरहेको छ । आज बेलुकीसम्ममा लगत संकलन सक्ने र क्षतिको विवरण सार्वजनिक गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । बाढी प्रभावितलाई सरकारले राहत वितरण गर्दैछ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया