म्याराडोना फेरि प्रशिक्षककाे जिम्मेवारीमा

 भदौ २१, २०७६ शनिबार ११:१:४४ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोना फेरि प्रशिक्षक बनेका छन् ।

उनी अर्जेन्टिनाको क्लब जिम्नेसियाका प्रशिक्षक बनेका हुन् । म्यारोडोनाले यसै वर्षको जुनमा मेसिक्सकोको बी डिभिजन क्लब डोराडोसको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

त्यतिबेला उनले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिएको बताएका थिए । ९ महिना मेक्सिकोको डोराडोसको प्रशिक्षक भएर काम गरेका थिए । अर्जेन्टिनाको क्लब जिम्नेसियाले ट्वीट गर्दै म्याराडोनालाई प्रशिक्षकको रुपमा स्वागत गरेको छ । जिमनेसिया क्लब फुटबलका साथै जिम्न्यास्टिक र फेन्सिङ खेलको रुपमा पनि परिचित छ ।

अहिले अर्जेन्टिनाको सुपरलिगमा सबैभन्दा पुछारमा रहेको जिमनेसियालाई कसरी माथि ल्याउँछन् त्यसका आधारमा म्याराडोनाको भविष्य निर्धारण गर्ने छ । अहिलेसम्म पाँच खेलमा जम्मा एक अंक मात्रै हासिल गरेको छ ।

म्याराडोना यसअघि २०१० को विश्वकपमा अर्जेन्टिनाको प्रशिक्षक बनेका थिए । उनी १९८६मा विश्वकप जित्ने अर्जेन्टिना टिमको कप्तान थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया