जन्मदिनको अवसरमा ‘बुगीवुगी’का प्रस्तोता दिनेशको पुण्य काम

 असार २९, २०७५ शुक्रबार १२:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हाँस्यकलाकार दिनेश काफ्लेको आज २७ औँ जन्मदिन परेको छ । बुवा पुष्पबहादुर काफ्ले र आमा दिलकुमारी काफ्लेको पहिलो सन्तानको रुपमा २०४८ साल असार २९ गते शुक्रबार सिन्धुलीको बलाजुरमा जन्मेका दिनेश बाल्यकालदेखि नै हाँस्यव्यंग्यमा रुची राख्थे । कलाकार बन्नकै लागि काठमाडौं आएपछि उनले रेडियो अडियोमा कार्यक्रम चलाउने अवसर पाए ।

यो नै उनको कलालाई निखार्ने र परिष्कृत गर्ने माइलस्टोन मञ्च बन्यो । काफ्ले अहिले नेपालमा सबै भन्दा धेरै व्यक्तिको आवाज नक्कल गर्न सक्ने नेपाली कलाकारका रुपमा परिचत छन् । दिनेशले अहिले कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । हाँस्यकलाकार सँगसँगै उनले आफूलाई स्टेज कार्यक्रम प्रस्तोताको रुपमा पनि अगाडि बढाएका छन् ।

स्टेजमा उनले माग्ने बुढा, धुर्मुस, मुस्कानपासा, खडकाजी, जिग्री, पाँडेदेखि राजनीतिक दलका शीर्ष नेताहरुको समेत दुरुस्त नक्कल गर्छन् । गतवर्ष देखि उनले स्टेजमा प्रस्तुतिदिँदा जस–जसको नक्कल गर्छन् उनीहरुको नाममा रोयल्टी संकलन गर्न थालेका थिए । 

एउटा कार्यक्रमबाट एक जनाको नाममा दश रुपैयाँ संकलन गर्न थालेका दिनेशले एक वर्षमा जम्मा भएको पाँच हजार पाँच सय पाँच रुपैयाँ आफ्नो २७ औँ जन्मदिन पारेर दुवै मृगौला फेल भई उपचार गराइरहेका इलामका १४ वर्षिय समिर तामाङलाई सहयोग गरेका छन् । कलाकारको नाममा जम्मा गरेको रकम उनले समिरलाई सहयोग गरेका हुन् । जे भए पनि आफूले राम्रो काममा त्यो पैसा खर्चेको भन्दै दिनेशले खुशी व्यक्त गरेका छन् ।

समिर गायनमा रुची राख्छन् । उनले एउटा गीत सार्वजनिक गरिसकेका छन् ।  ‘जन्मदानी मर्दानी चाहिँदो रहेछ धन म मर्छु की बाँच्छु साथी भन’ बोलको गीत समिरले सार्वजनिक गरिसकेका छन् । उनी आगामी दिनमा पनि गायनलाई नै अगाडि बढाउन चाहन्छन् । आफ्नो जन्म दिन पारेर दिनेशले समिरको करिअरको लागि एउटा गीतको खर्च बेहोर्ने निर्णय लिएका छन्  । 

हामीसँगको कुराकानीमा दिनेशले भने, ‘मैले मेरै शब्दमा उसको लागि एउटा गीत तयार पारिदिने बाचा गरेको छु । उसको आवाजमा भिडियो सहितको गीत सार्वजनिक हुनेछ ।’ पछिल्लो समय दिनेश स्टेज कार्यक्रमहरु सँगसँगै डान्सिङ रियालीटी शो ‘बुगीवुगी’ मा प्रस्तोताको रुपमा काम गरिरहेका छन् । 

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया